यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार
gorkhapatraonline.com · Sat Sep 12 12:24:48 GMT 2026

यमनको रियाद-समर्थित सरकारी फौजले शनिबार रणनीतिक लाल सागरस्थित सहर ‘मोचा’ मा इरान-समर्थित हुथी लडाकुमाथि प्रहार गरेको जनाएको छ । एक साता लामो आक्रमणपछि, हुथीले शुक्रबार यमनको लाल सागर तटीय क्षेत्र कब्जा गरेको बताइएको छ ।
यससँगै उनीहरूले ‘बाब अल-मान्दब जलसन्धि’मा आफ्नो पकड बलियो बनाएका छन् अमेरिका-इरान युद्धका कारण ‘हर्मुज जलसन्धि’ बन्द रहेको अवस्थामा साउदी अरबको तेल निर्यातका लागि यो जलसन्धि एक महत्वपूर्ण मार्ग बनेको छ। सरकारी समाचार संस्था ‘साबा’ का अनुसार, सशस्त्र फौजले मोचा सहरको बन्दरगाह नजिकै इरानी शासनको समर्थन प्राप्त हुथी विद्रोही समुह मिलिसियाका सवारीसाधन र हतियार नष्ट गर्नुका साथै उनीहरूका सदस्यको हत्या गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)