ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन
khabarhub.com · Sat Sep 12 12:33:38 GMT 2026

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ शिखर सम्मेलन जारी छ । सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङले मध्यपूर्वमा भइरहेको युद्धले विश्वकै हित नगर्ने स्पष्ट पारेका छन् ।
अमेरिकी र इरानी सेनाबीच विगत छ महिनाभन्दा लामो समयदेखि जारी दोहोरो आक्रमण र होर्मुज जलडमरूमध्य जस्ता महत्त्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा विश्वव्यापी ऊर्जा संकट चुलिएका बेला राष्ट्रपति सीको यो भनाइ आएको हो । इरानी राष्ट्रपति मसुद पेजेस्कियान समेत सहभागी सम्मेलनलाई सम्बोधन गर्दै उनले मध्यपूर्व र खाडी क्षेत्रको परिस्थिति बिग्रँदै जाँदा त्यहाँका जनताले गम्भीर क्षति व्यहोर्नुपरेको र यसले अन्तर्राष्ट्रिय समुदायको साझा हितलाई कुनै सहयोग नपुर्याउने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)