न्यायालयको स्वच्छ आलोचना र रचनात्मक टिप्पणी स्वीकार्नुपर्छ : प्रधानन्यायाधीश
nepalviews.com · Sat Sep 12 12:58:53 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायालयको स्वच्छ आलोचना र रचनात्मक टिप्पणीलाई स्वीकार गर्नुपर्ने भए पनि निहित स्वार्थका लागि मनोगत आधारमा गरिने आलोचनाले न्यायिक क्षेत्रको मर्यादा र जनआस्थामा आँच पुग्ने बताएका छन् ।
शनिबार उच्च अदालत बार एसोसिएसिन पाटनको २५ औँ वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश शर्माले अदालतको काम कारबाहीप्रति स्वच्छ आलोचना र रचनात्मक टिप्पणी स्वाभाविक भएको बताए । तर न्यायालयको आलोचना गर्दा सम्बन्धित सरोकारवालाहरू सचेत हुनुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)