भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने
khabarhub.com · Sat Sep 12 13:02:10 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज १ गते गरिने जानकारी दिए। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)