दैलेखमा स्वचालित पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ
annapurnapost.com · Sat Sep 12 12:56:25 GMT 2026

वीरेन्द्रनगर : दैलेखको आठबीस नगरपालिकाबाट प्रहरीले स्वचालित पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीस नगरपालिका-६ का ३० वर्षीय भीमबहादुर शाही र वडा नं ५ का २७ वर्षीय भूपेन्द्र शाही रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्ने क्रममा हतियार बरामद भएपछि थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । अभद्र व्यवहारसम्बन्धी घटनामा अनुसन्धानका क्रममा सोधपुछ गर्दा भूपेन्द्र शाहीले आठबीस नगरपालिका वडा नं ४ राकम खोलिबजार नजिकैको खोल्सामा स्वचालित पेस्तोल लुकाएर राखेको बताएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको कमान्डमा तीन सदस्यीय प्रहरी टोली उक्त स्थानतर्फ खटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)