सिरहामा कार्यक्रमको बीचबाटै किन बाहिरिए शिक्षामन्त्री?
himalpress.com · Sat Sep 12 13:14:18 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सिरहाबाट लखेटिएका छन्। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ परिमार्जनका विषयमा सरोकारवालासँग छलफल गर्न शनिबार सिरहाको औरही गाउँपालिका पुगेका मन्त्री पोखरेल लखेटिएका हुन्।
मन्त्री पोखरेल पोडियममा उभिएर बोल्न सुरू गरेकै बेला विवाद सुरू भएको थियो। त्यसपछि उनी कार्यक्रमस्थलबाट बाहिरिएका थिए। उनीसँग त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शिव यादव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्रीसमेत रहेका सांसद पुरुषोत्तम यादव पनि कार्यक्रमस्थलबाट बाहिरिएका थिए। हातमा माइक लिएर पोडियमबाट बोल्न सुरू गरेका मन्त्री पोखरेलले ‘ल ल भयो’ भन्दै त्यहाँबाट हिँडेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)