राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार गिरफ्तार
nepalviews.com · Sat Sep 12 13:25:01 GMT 2026

काठमाडौं । राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार गिरफ्तार भएका छन् । शनिबार दिउँसो संवाद डबलीमा समसामयिक राजनीतिक विषयमा कार्यक्रम सम्पन्न गरिसकेपछि साँझा करिब ६ बजे डबली प्राणङगण अनामनगरबाट प्रहरी परिसर भद्रकालीबाट आएको टोलीले गिरफ्तार गरेको हो ।
आज जनक परियारले आयोजना गरेको कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई गिरफ्तार गरिएको थियो । सो कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीकोसमेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले सरकारले बाढी पीडितलाई राहतभन्दा आहत दिएको प्रतिक्रिया दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)