पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर्स किंग्सले जित्यो
ratopati.com · Sat Sep 12 13:31:53 GMT 2026
काठमाडौँ । पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)को उपाधि अन्नपूर्ण स्पाइकर्स किंग्सले जितेको छ ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा अन्नपूर्णले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । अन्नपूर्ण पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–२० र तेस्रो सेटमा २५–१८ ले विजयी भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)