चिलीको दक्षिणी क्षेत्रमा रहेको साँझ आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु
barnanmedia.com · Sat Sep 12 13:28:59 GMT 2026

चिलीको दक्षिणी क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । प्रहरीका अनुसार स्थानीय समय अनुसार राति करिब १०:३० बजे आगलागी सुरु भएको थियो ।
वृद्धाश्रममा रहेका व्यक्तिमध्ये १० जनालाई मात्र सुरक्षितरूपमा बाहिर निकाल्न सकिएको थियो । “राति करिब १०ः३० बजे आगलागी सुरु भयो । वृद्धाश्रममा रहेकामध्ये १० जनालाई मात्र सुरक्षितरूपमा बाहिर निकाल्न सकियो । १६ जनाको मृत्यु भएकोमा हामी दुः खी छौँ”, एक प्रहरी अधिकारीले बताएका छन् ।आगलागी नियन्त्रणका लागि दमकल, चिकित्सा टोली तथा छिमेकी क्षेत्रका उद्धार टोलीलाई घटनास्थलमा परिचालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)