नेपाल भलिबल लिगको उपाधि अन्नपूर्णले जित्यो
nepalpress.com · Sat Sep 12 13:30:34 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ । भर्खरै सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३-० को सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा अन्नपूर्णले २५-१५, २५-२० र २५-१८ ले सेट आफ्नो पक्षमा पार्यो । विजेता बनेसँगै अन्नपूर्णले २० लाख प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)