दुई जनाले आएर हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौं : शिक्षामन्त्री
annapurnapost.com · Sat Sep 12 13:38:40 GMT 2026

काठमाडौं : सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आफू लखेटिएको भन्दै भ्रम फैलाइएको बताएका छन्। सामासजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले दुई जना आएर हल्ला गरेपछि आफूहरु कार्यक्रमस्थलबाट बाहिरिएको उल्लेख गरेका छन्।
‘आज सिरहा र सप्तरीमा १०० जनाभन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बन्यो र हामी कार्यक्रमस्थलबाट बाहिरिएका हौँ।,’मन्त्री पोखरेलले लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)