गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग
barnanmedia.com · Sat Sep 12 13:50:27 GMT 2026

काठमाडौँ, २७ भदौः गोर्खाज फाइनान्स लिमिटेडले रसुवाको भोटेकोशीबाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुर्नस्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ लाख १८ हजार ४२६ रकम जम्मा गरेको छ ।
फाइनान्समा कार्यरत कर्मचारीहरूले सो उद्धार कोषमा आफ्नो दुई दिनको तलब बराबरको रकम कोषमा प्रदान गरेका हुन् । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङ्गले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)