रास्वपाका साधारण सदस्यको संख्या पाँच लाख नाघ्यो, ६१० पालिकामा अधिवेशन सकियो
barnanmedia.com · Sat Jun 20 14:43:14 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को साधारण सदस्यको संख्या ५ लाख नाघेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । चितवनमा भोलिबाट हुन लागेको पहिलो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले सो तथ्यांक प्रस्तुत गरेका हुन् ।
‘रास्वपाको साधारण सदस्यता अहिलेसम्म पाँच लाख नाघिसकेको महामन्त्री तथा हाम्रो संगठन विभागबाट प्राप्त भएको छ,’ प्रवक्ता झाले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)