३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न निजी क्षेत्र सक्षम छ - अध्यक्ष डाँगी
arthasansar.com · Sat Sep 12 14:14:33 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्र सक्षम रहेको बताएका छन्। इप्पानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले जलविद्युत् आयोजनामा निजी क्षेत्रले ठूलो लगानी गरिरहेको अवस्थामा आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्नु दुःखद भएको बताए। जलविद्युत् क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रूपमा स्थापित गर्न यसको आवश्यकता तथ्य र प्रमाणका आधारमा स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए।
डाँगीका अनुसार नेपालमा हालसम्म करिब ४ हजार ३ सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन्। तीमध्ये झन्डै ३ हजार ५ सय मेगावाट निजी क्षेत्रको योगदान रहेको उनले बताए। त्यस्तै, ६ हजार ४ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहेकाले करिब १० हजार ५ सय मेगावाट विद्युत् उत्पादनको आधार तयार भइसकेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)