काठमाडौँ सीडीओ कार्यालयले भन्यो : ग्यास लुकाएको थाहा पाए तत्काल सूचना दिनू
ratopati.com · Sat Sep 12 14:41:17 GMT 2026

काठमाडौँ । काठमाडौँ जिल्लामा खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको भए पनि उपभोक्ताले सजिलै पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले कडा चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै ग्यास बिक्रेता तथा वितरकहरूलाई ग्यास उद्योग वा डिलरबाट प्राप्त हुनासाथ उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ । प्रशासनले जिल्लाभर नै ग्यासको आपूर्ति र वितरणमा सघन अनुगमन सुरु गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)