बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्वारा ५ लाख सहयोग
ratopati.com · Sat Sep 12 15:09:51 GMT 2026

लिस्बन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का उपाध्यक्ष तिलकप्रसाद गैरेले बाढीपीडितका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन् । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)