शनिदेवको प्रिय दिनमा राशिफल
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग
मिति २०८३ भदौ २७ गते शनिबार, इस्वीसंवत सेप्टेम्बर १२ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ। आज भाद्रपदशुक्लपक्षको प्रतिपदा तिथि बिहानमा ७ः४७ बजेसम्म त्यसपछि द्धितीया तिथि लाग्नेछ। नक्षत्रमा उत्तराफाल्गुनी दिनमा २ः०८ बजेसम्म त्यसपछि हस्ता नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शुभ ३४ घटि १३ पलासम्म त्यसपछि शुक्ल योग लाग्नेछ। करणमा बालब रहनेछ। आनन्दादि योगमा उत्पात रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)