नैतिक मूल्यमा आधारित नागरिक चेतना र लोकतान्त्रिक संस्कार
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

लोकतन्त्र आधुनिक राजनीतिक व्यवस्थाको प्रमुख शासन-पद्धति भए पनि यसको प्रभावकारिता केवल संविधान, निर्वाचन, राजनीतिक दल र संस्थागत संरचनाको उपस्थितिबाट सुनिश्चित हुँदैन । लोकतन्त्रको वास्तविक सफलता नागरिकको चेतना, नेतृत्वको नैतिकता, संस्थाहरूको जवाफदेहिता र सामाजिक व्यवहारमा अभिव्यक्त हुने लोकतान्त्रिक संस्कारमा निर्भर हुन्छ। त्यसैले लोकतन्त्रलाई केवल शासन गर्ने प्रविधिका रूपमा बुझ्नु पर्याप्त हुँदैन यसलाई जीवनपद्धति, सामाजिक संस्कार र नैतिक अनुशासनका रूपमा पनि ग्रहण गर्न आवश्यक हुन्छ ।
लोकतन्त्रको संस्थागत संरचनाले अधिकार सुनिश्चित गर्छ । तर नैतिक संस्कारले ती अधिकारको जिम्मेवार प्रयोग सिकाउँछ। संविधानले नागरिकलाई स्वतन्त्रता दिन्छ । नैतिकताले त्यस स्वतन्त्रताको मर्यादा निर्धारण गर्छ । कानूनले व्यवहारको सीमा तोक्छ । विवेकले त्यस सीमाको अर्थ बुझाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)