भूकम्पले लोमान्थाङमा ८० प्रतिशत घर चर्किए, त्रिपालमुनि रात कटाउन बाध्य
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

मुस्ताङ। गत भदौ २३ गते राति लोमान्थाङ केन्द्रविन्दु भएर गएको ५.३ रेक्टर स्केलको भूकम्पका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका स्थानीय, शिक्षक तथा विद्यार्थीहरू खुला चौरमा त्रिपालमुनि रात कटाउन बाध्य भएका छन्। भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घरहरूमा क्षति पुर्याएको छ भने निरन्तरको पराकम्पनका कारण त्रसित स्थानीयहरू असुरक्षित महसुस गरिरहेका छन्।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले दिएको जानकारी अनुसार भूकम्पले ढुङ्गा र माटोले निर्मित पालिकाभित्रका अधिकांश घरहरू चर्किएका छन् भने करिब ६० घरहरू बस्नै नमिल्ने गरी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। मानवीय क्षति नभए पनि जोखिम अत्यधिक बढेका कारण प्रभावितहरू त्रिपाल टाँगेर बस्न बाध्य भएको उनले बताएका छन्। भूकम्पले सबैभन्दा बढी क्षति वडा नं ३ को फुवा गाउँमा पुर्याएको छ, जहाँ करिब पाँच सय घरहरू बस्न नमिल्ने गरी प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)