कृष्णभीरमा अवरुद्ध सडक तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

काठमाडौँ। त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएर अवरुद्ध बनेको कृष्णभीर सडकखण्ड आगामी तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको छ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीले दिएको जानकारीअनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको छ। हाल नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार पार्ने काम भइरहेको छ। सडक निर्माणका लागि आवश्यक पर्ने हेभी इक्युप्मेन्ट तथा निर्माण व्यवसायीको टोलीलाई पूर्ण रूपमा परिचालन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)