नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
ratopati.com · Sat Jun 27 07:16:17 GMT 2026

काठमाडौँ । मनसुन सक्रिय भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नागढुंगा–मुग्लिन सडक खण्डमा हुनसक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै सडक विभागले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको छ । ‘२०८३ मनसुन पूर्व तयारी कार्ययोजना’ नाम दिइएको यस योजनाले बाढी र पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गराउन विशेष रणनीति तय गरेको छ ।
हाल स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–नौबिसे (१२.२ किलोमिटर) र नौबिसे–मलेखु (४३.५ किलोमिटर) खण्डमा करिब ६४ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । तर, सडक विस्तारका क्रममा भित्ता काटिएको र भौगोलिक बनावट कमजोर भएकाले यस वर्षको मनसुनमा यात्रुले सास्ती खेप्न नपरोस् भनी उपकरण र जनशक्तिसहितको टोली तयारी अवस्थामा राखिएको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)