निशान पोली क्लिनिकद्वारा बाढी प्रभावितका लागि ४ लाख सहयोग
lokaantar.com

महाराजगञ्जस्थित निशान पोली क्लिनिक प्रालिले बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको छ । क्लिनिकमा कार्यरत चिकित्सक, कर्मचारी तथा व्यवस्थापन पक्षबाट संकलित रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
क्लिनिकले तीज पर्वका अवसरमा कर्मचारीका लागि उपहारसहित विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो । तर भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि उक्त कार्यक्रम रद्द गरी त्यसका लागि छुट्याइएको रकम बाढी प्रभावितको सहयोगमा उपलब्ध गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)