दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा
lokaantar.com

पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको आकर्षणमा रहेका अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई फेरि एकपटक ठूलो पर्दामा देखिने भएको छ । यो जोडी अब नयाँ चलचित्र ‘रातो घेरा’ (द रेड सर्कल) मा देखिने भएको हो ।
निर्माता रहेको विश्राम फिल्म प्रालिका निर्माता जीवन गुरुङ र वितरक रहेको काफिया फिल्म प्रालिका गोविन्द शाहीले आज संयुक्तरूपमा उक्त चलचित्र निर्माणको घोषणा गरेका हुन् । ‘रातो घेरा’ चलचित्रमा अनिल बुढा मगरको निर्देशन रहनेछ । निर्माण टोलीका अनुसार चलचित्रको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने र दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश दिने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)