भरतपुर महानगरपालिका ले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनस्थलमा नगरप्रहरी परिचालन गरेपछि विवाद उत्पन्न
barnanmedia.com · Sat Jun 20 16:20:56 GMT 2026

भरतपुर महानगरपालिका ले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनस्थलमा नगरप्रहरी परिचालन गरेपछि विवाद उत्पन्न भएको छ। आइतबार हुने महाधिवेशनको तयारीस्वरूप गेष्ट हाउस चौरमा सफाइ तथा टेन्ट निर्माणमा नगरप्रहरी खटाइएपछि कार्यपालिका बैठकमै प्रश्न उठेको हो।
प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीले बिहानै नगरप्रहरीलाई तयारी कार्यमा खटाउने निर्देशन दिएको जनाइएको छ। त्यसअनुसार नगरप्रहरी तथा महानगरको फोहोर व्यवस्थापन शाखाका कर्मचारीहरूले स्थल सफाइ, टेन्ट निर्माण तथा व्यवस्थापनमा सहयोग गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)