लागूऔषधसहित सासु बुहारी पक्राउ
lokaantar.com

सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीबाट प्रहरीले ठूलो परिणाममा लागूऔषध ब्राउन सुगरसहित सासु र बुहारीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई लागूऔषधसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सरातुनको घरमा लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)