वाणगंगा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता
nepalnews.com · Sat Sep 12 16:10:09 GMT 2026

कपिलवस्तु। वाणगंगा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने अर्का एक बालक अझै फेला पर्न सकेका छैनन्।
बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचको टापुमा फसेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञबहादुर पुनको कमान्डमा उद्धार सामग्रीसहित १४ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)