नेपाल दोस्रो पटक एसिया कपमा
annapurnapost.com · Sat Sep 12 16:01:02 GMT 2026
काठमाडौं : तीन वर्षअघि घरेलु मैदानमा युएईलाई हराउँदै पहिलो पटक एसिया कपको यात्रा तय गरेको नेपालले फेरि त्यही प्रतिद्वन्द्वीलाई पराजित गर्दै दोस्रो पटक एसिया कपमा स्थान बनाएको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा युएईमाथि ४४ रनको जित निकाल्दै नेपालले एसिया कपमा आफ्नो स्थान पक्का गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९.१ ओभरमा २६९ रनमै अलआउट भयो।
नेपालको जितमा ब्याटिङतर्फ आसिफ शेखको शतकीय पारी र गुल्सन झाको आक्रमक अर्धशतक महत्वपूर्ण रह्यो। आसिफले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए। गुल्सनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन जोडे। त्यसैको मद्दतमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो योगफल तयार गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)