मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
ratopati.com · Sat Jun 20 17:43:41 GMT 2026

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवको ११ एघार महिनामा रु सात अर्ब ६६ करोड ८५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि जेठ मसान्तसम्म नेपाल–चीन उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारी माल वस्तुबापत मुस्ताङ भन्सार कार्यालयले उक्त परिमाणमा राजश्व सङ्कलन गरेको हो ।
कार्यालयका प्रमुख विदुर चुडालका अनुसार नेपाल–चीन उत्तरी कोरलानाकाबाट रु १३ अर्ब ८९ करोड ५२ लाख मूल्य बराबरको मालवस्तु पैठारी भएको छ । यसैगरी रु २० करोड ५५ लाख ७४ हजार मूल्य बराबरको मालवस्तु भन्सार जाँचपास भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख चुडालले जानकारी दिए । उनका अनुसार यस नाका गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)