पदको लोभले हामी मुल लक्ष्यबाट भट्कियौँ: उपेन्द्र यादव
nagariknews.nagariknetwork.com · Sat Sep 12 17:21:49 GMT 2026

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले विगतमा ठूलो गल्ती गरेका स्वीकार गरेका छन् । अग्रगामी मोर्चाद्वारा शनिबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले पदको लोभमा मुल लक्ष्यबाट आफूहरु भट्किएको बताए ।
उनले मधेशवादी पार्टी तथा नेताहरुले आफ्नो गल्ती स्वीकार्दै अब एकजुट भएर अन्तिम सडक आन्दोलनमा होमिने जानकारी दिए । यादवले छठ पर्वपछि पुनः एक पटक सडक आन्दोलन गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)