राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
ratopati.com · Wed May 27 22:51:01 GMT 2026

काठमाडौँ । नेपाली ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी, निर्धारित मितिमा नहुने भएको छ । यही जेठ १५ गतेदेखि गणतन्त्र दिवसको अवसर पारेर आयोजना हुने मिति तय भएको प्रदर्शनी अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सूचना जारी गरी भनेको छ, “पूर्वसूचनाअनुसार २०८३ जेठ १५ गतेदेखि सञ्चालन हुने भनिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८३’ विशेष कारणवश हाललाई स्थगित गरिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)