चिनियाँ उद्धार टोलीद्वारा थप जोखिम पत्ता लगाउन थ्रीडी मोडलिङ र भूउपग्रह प्रविधिको प्रयोग
barnanmedia.com · Thu Aug 27 09:16:03 GMT 2026

काठमाडौँ/ल्हासा — तिब्बतको केरुङ काउन्टीमा गएको भीषण पहिरो र लेदो बाढीपछि केरुङ सीमा नाकातर्फ थुनिएर बनेको 'ड्याम ताल' (Dammed Lake) को प्राविधिक अध्ययनका लागि चिनियाँ प्राविधिक टोली खटिएको छ। पहिरोले नदी थुनिएपछि बनेको ड्याम फुटेर थप विनाश नहोस् भन्ने उद्देश्यले 'चाइना आन्नेङ इन्जिनियरिङ रेस्क्यु ल्हासा बेस'को अग्रिम उद्धार टोलीले अध्ययन अघि बढाएको हो।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार उद्धार टोलीले भूउपग्रह आधारित साना पोर्टेबल स्टेसन तथा aerial ड्रोन उपकरणहरू प्रयोग गरी थुनिएको ताल र वरपरको उच्च हिमाली भूगोलको विस्तृत हवाई छायाङ्कन (Aerial Photography) तथा ३D मोडलिङ (3D Modelling) कार्य सम्पन्न गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)