खच्चामा सडक खण्ड अवरुद्ध
barnanmedia.com · Thu May 28 00:00:04 GMT 2026

कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ । बुधबार सडक माथिबाट आएको सुक्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हो ।
माथिबाट खसेको सुक्खा पहिरोको कारण खच्चा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । दश मिटरमाथिबाट आएको सुक्खा पहिरोले सडक पुरेको तथा सो पुरेको माटो र ढुङ्गा पन्छाउने कार्य हुन नसकेको कारण यतिबेलासम्म सडक अवरुद्ध रहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)