रूपन्देहीमा निषेधाज्ञा जेठ १३ गतेसम्म थपियो
setopati.com · Wed May 12 11:56:00 GMT 2021
कोरोना संक्रमितको संख्या दैनिक उकालो लाग्दै गएपछि रूपन्देहीमा निषेधाज्ञाको समय अवधि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बुधबार जेठ १३ गतेसम्मलाई निषेधाज्ञाको समय थप गरेको हो।
यसअघि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि बुधबार राति १२ बजे सकिदै थियो। तर दैनिक कोरोना संक्रमित थपिदै गएपछि बुधवार बसेको डिसीसीएमसीको बैठकले दुई साता निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)