भूकम्पले तहसनहस भएको चिलीमा सातौँ विश्वकप
gorkhapatraonline.com · Thu May 28 01:13:59 GMT 2026
सन् १९६० को मे २२ मा ९.५ रेक्टर स्केलको भूकम्पले तहसनहस भएको चिली दुई वर्षपछि नै विश्वकप फुटबलको सातौँ संस्करण आयोजना गर्न लागेको थियो । अन्तरिक्षमा पहिलो सञ्चार भूउपग्रह टेलस्टार भर्खरै स्थापित गरिकाले युरोपमा पनि विश्वकपका खेल प्रत्यक्ष प्रसारण गरिने अनुमान थियो तर त्यसो हुन सकेन । टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुन नसकेको यो अन्तिम विश्वकप थियो ।
भूकम्पले जताजतै ध्वस्त परेको चिलीले आफ्नै बलबुतामा सन् १९६२ को विश्वकप आयोजना गरेरै छाड्यो । यो प्रतियोगिता खेलाडीको अनुशासनहीनताले पनि परिचित छ । ब्राजिलका चर्चित खेलाडी पेले प्रमुख रूपमा विपक्षी खेलाडीको तारो बने । ब्राजिलको दोस्रो खेलमा पेले घाइते भई प्रतियोगिताबाट बाहिरिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)