प्रधानमन्त्री बालेनलाई ‘क्लिन चिट’ : सञ्जालमा लेख्नेसहित ४८ जनालाई अनुसन्धान सिफारिस
barnanmedia.com · Thu May 28 01:04:47 GMT 2026

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का हकमा ‘क्लिन चिट’ दिएको छ । आयोगको ‘जेनजी’ आन्दोलन छानबिन प्रतिवेदनमा शाहको नाम कतै पनि उल्लेख छैन । ‘जेनजी’ आन्दोलनको अघिल्लो दिन ‘स्ट्याटस’ लेखेका, आन्दोलनकारीका वार्तादेखि प्रधानमन्त्रीको उमेदवार प्रस्ताव गर्नेसम्मका क्रियाकलापमा शाह पनि संलग्न थिए ।
“भोलिको र्याली स्पष्ट स्वतःस्फूर्त रूपमा जेनजीको हो, उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ,” आन्दोलनको अघिल्लो दिन बालेनले लेखेका थिए, “भोलि यो स्वतःस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपूर समर्थन छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)