युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक
barnanmedia.com · Sat Sep 12 21:15:01 GMT 2026

उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी भूमिका खोजिरहेको ब्रिक्स समूहका नेताहरू व्यापार, लगानी तथा विश्वव्यापी द्वन्द्वका विषयमा छलफल गर्न शनिबार नयाँदिल्लीमा भेला हुँदैछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसुद पेजेस्कियनसहित अन्य आठ सदस्य राष्ट्रका नेताहरूलाई शिखर सम्मेलनमा स्वागत गर्दै हुनुहुन्छ । युक्रेन र मध्यपूर्वमा जारी युद्ध तथा अमेरिका–चीनबीच बढ्दो तनावका कारण फरक–फरक भू–राजनीतिक स्वार्थ भएका सदस्य राष्ट्रबीच साझा धारणा बनाउन समूहको क्षमता परीक्षण भइरहेका बेला सम्मेलन हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)