दिल्लीमा ब्रिक्स शिखर सम्मेलन : मोदी–पुटिनबिच भेटवार्ता
barnanmedia.com · Sat Sep 12 21:25:00 GMT 2026

भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलनका लागि विश्वका प्रमुख नेताहरू भेला भएका छन् । सेप्टेम्बर १२ र १३ मा ‘भारत मण्डप’ मा आयोजना हुने सम्मेलनमा सहभागी हुन २१ देशका प्रतिनिधि तथा शीर्ष नेता दिल्ली पुगेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, ब्राजिलका विदेशमन्त्री माउरो भिएरा र युगान्डाकी उपराष्ट्रपति जेसिका अलुपो लगायतका नेता सम्मेलनमा सहभागी हुँदैछन् । सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति मसुद पेजेसकियानसँग महत्त्वपूर्ण द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)