नागरिकको हकहित संरक्षणमा प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री बानियाँ
gorkhapatraonline.com · Thu May 28 03:40:49 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार नागरिकको हकहित संरक्षण गर्दै प्रदेशको सर्वाङ्गीण विकासमा निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।
बकर इद (इद–उल–अजहा) पर्वका अवसरमा बिहीबार शुभकामना व्यक्त गर्दै उहाँले सबै नेपालीबिच आपसी एकता, भ्रातृत्व, सद्भाव र सहयोगको भावना अभिवृद्धि भई समृद्ध, न्यायपूर्ण तथा सुशासित समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)