एनेक्स र विपनालाई स्वर्ण
neplays.com · Thu May 28 03:43:15 GMT 2026
काठमाडौं । काठमाडौंकाद्वय एनेक्स महर्जन र विपना तामाङले १६ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेशस्तरीय प्रतियोगिताअन्तर्गत उसुमा बुधबार स्वर्ण जितेका छन् ।
थाइची छ्वानको पुरुषमा एनेक्स तथा महिलामा विपना पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा ललितपुर अजय वाइबा दोश्रो तथा भक्तपुरका रिसन तिमिला तेश्रो भए । महिलामा ललितपुरकी रुविना गुरुङ दोश्रो तथा नुवाकोटकी रितिका तामाङ तेश्रो बने । पुरुष÷महिलामा समान ६–६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)