एकीकृत समाजवादीका डोल्पा अध्यक्ष एमाले प्रवेश
himalkhabar.com · Thu Sep 29 11:46:50 GMT 2022
नेकपा (एकीकृत समाजवादी)का डोल्पा जिल्ला कमिटी अध्यक्ष नन्दसिंह बुढा सहित करिब ६० जना नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
कर्णाली प्रदेशका पूर्व पर्यटनमन्त्री बुढा सहित जिल्ला कमिटी, प्रदेश कमिटीका सदस्यहरू असोज १३ गते पूर्व पार्टी एमालेमा फर्केका हुन्। जिल्ला कमिटीका ४० सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू र नगर र गाउँपालिका कमिटीका सदस्यहरू गरी ६० भन्दा बढी कार्यकर्ता पार्टीमा फर्केको एमालेले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)