आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
ratopati.com · Sat Sep 12 22:42:47 GMT 2026

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ का युवाले आफ्नो गाउँ आफैँ सफा र व्यवस्थित बनाउन सरसफाइ अभियान सुरु गरेका छन् । सरसफाइ, सडक व्यवस्थापनलगायत कामका लागि सरकारकै भर पर्नुपर्ने सोच भइरहेका बेला यहाँका युवा भने सार्वजनिक सडक तथा आसपासको क्षेत्र सफा गर्न आफैँ जुटेका हुन् । केही दिनअघिदेखि वडाका विभिन्न क्षेत्र सरसफाइ गर्न सुरु गरिएको छ ।
एकता युवा क्लबको अगुवाइमा स्थानीय युवा, भलमन्सा, बुद्धिजीवी तथा अन्य स्थानीयवासीको सहभागितामा सडक छेउछाउको सरसफाइ सुरु गरिएको हो । सडक छेउछाउमा झाडी बढ्नुका साथै फोहर जम्मा हुने र सडकमा फैलिएका रूखका हाँगाका कारण आवतजावतमा समस्या हुनुका साथै बिजुलीका तारमा समेत असर पर्न थालेपछि अभियान सञ्चालन गरिएको क्लबका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए । अभियानका क्रममा सडक छेउमा रहेका अनावश्यक रूखका हाँगा काट्नुका साथै झाडी र फोहर सफा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)