किन मनाइन्छ बकर ईद ? के छ महत्त्व ?
kalakarmi.com · Thu May 28 04:18:00 GMT 2026

जनकपुर- मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद आज धूमधामका साथ मनाइदैछ । मुस्लिम धर्मावलम्बीहरूले मनाउने यो दोस्रो ठुलो महान् पर्व हो । बकरा ईद (इद-उल-अजहा) पैगम्बर हजरत इब्राहिमले अल्लाह (ईश्वर) प्रति देखाएको अटल निष्ठा र बलिदानको सम्झनामा मनाइने गरिन्छ ।
यस पर्वमा आफ्नो सबैभन्दा प्रिय वस्तु वा चौपायाको ‘कुर्बानी’ (बलिदान) दिने र दान गर्ने परम्परा रहेको छ । जनकपुरधामका स्थानीय जानी खानका अनुसार इस्लामिक धार्मिक ग्रन्थ कुरानमा, पैगम्बर हजरत इब्राहिमलाई अल्लाहले सपनामा उनको सबैभन्दा प्यारो चिजको बली (कुर्बानी) दिन आदेश दिएका थिए । हजरत इब्राहिमलाई आफ्ना छोरा इस्माइल सबैभन्दा प्यारो लाग्दथ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)