सभामुख अर्यालद्वारा बकर इदको शुभकामना
nepalnews.com · Thu May 28 04:50:09 GMT 2026

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्तिको कामना गरेका छन्।
इदका अवसरमा उनले आज शुभकामना सन्देश जारी गर्दै सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधतायुक्त हाम्रो मुलुकमा यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)