बाइपोलर डिसअर्डरसँग हनी सिंहको लडाइँ, सात वर्षसम्म घरभित्रै बन्द रहेको खुलासा
ratopati.com · Thu May 28 05:18:40 GMT 2026

मुम्बई । भारतीय गायक तथा र्यापर यो यो हनी सिंहले आफ्नो स्वास्थ्य र निजी जीवनबारे एउटा अचम्मको खुलासा गरेका छन्। एक पोडकास्ट अन्तर्वार्तामा उनले बाइपोलर डिसअर्डर र कडा औषधिको साइड इफेक्टका कारण आफ्नो टाउकोको सबै कपाल झरेर तालु खुइलिएको र अहिले नक्कली कपाल प्रयोग गर्ने गरेको बताएका हुन्।
मानसिक तनाव र बिरामीको त्यो कठिन समयमा आफू सात वर्षसम्म घरभित्रै थुनिएको र त्यसमध्ये तीन वर्ष त बेडरुमबाट समेत बाहिर ननिस्किएको उनले स्मरण गरे। अहिले उनी यस रोगबाट निको भएर संगीत उद्योगमा कमब्याक गरिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)