नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै
ratopati.com · Sat Sep 12 23:57:09 GMT 2026

काठमाडौँ । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको छ ।
विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली तथा दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ । भोलिपल्ट अर्थात् भाद्र शुक्ल तृतीयाका दिन नीराहार व्रत बस्नुपर्ने भएकाले त्यसको पूर्वतयारीस्वरूप शारीरिक शक्तिका लागि अघिल्लो रात आडिलो र मीठा परिकार दरका रूपमा खाने गरिन्छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार, गहुँको रोटी र घिउ खाने चलन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन् । शास्त्रीय मान्यताअनुसार दर दुई भाग रात छँदै खाइसक्नुपर्ने विधान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)