महाकाली नदीमा सेनाको विपद् अभ्यास
gorkhapatraonline.com · Thu May 28 05:23:06 GMT 2026

महेन्द्रनगर, जेठ १४ गते । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ ।
नेपाली सेनाको बराहदल गुल्म भगतपुर ब्यारेकको आयोजनामा भएको उद्धारसम्बन्धी नमूना अभ्यासमा विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी नमूना अभ्यास स्थानीय माँझ प्रस्तुत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)