नेपाल एसिया कपमा छनोट
gorkhapatraonline.com · Sun Sep 13 00:18:03 GMT 2026
नेपाली क्रिकेटले शनिबार अर्को ठुलो फड्को पार गरेको छ । एसिसी प्रिमियर कपको उपाधि शनिबार जितेपछि नेपाल एसिया कपका लागि छनोट भएको छ । यससँगै नेपालले आगामी जुन, जुलाईमा बङ्गलादेशमा आयोजना हुने एसिया कपमा खेल्ने छ । जुन प्रतियोगितामा आयोजक बङ्गलादेशसहित गत विजेता भारत, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तान जस्ता हेभिवेट क्रिकेट राष्ट्रको सहभागिता रहने छ ।
नेपाल एसिया कपमा छनोट भएको यो दोस्रो पटक हो । सन् २०२३ मा घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपमा अपराजित यात्रासहित फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएर नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो । यद्यपि पछिल्लो संस्करणमा युएईसँगै सेमिफाइनलमा हारेपछि नेपाल लगातार एसिया कप खेल्नबाट वञ्चित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)