रसुवागढी र तातोपानी नाका बन्द भएपछि मुस्ताङ भन्सारबाट १५ दिनमै साढे एक अर्ब बढीको राजस्व सङ्कलन
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट वितेका १५ दिनको अवधिमा रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ।
रसुवाको भोटेकोशी तथा बाढीपहिरोका कारण रसुवागढी–केरुङ र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट मालवस्तुको पैठारी कोरलानाकातर्फ केन्द्रित हुँदा यहाँ राजस्व सङ्कलन ह्वात्तै बढेको हो। भन्सार प्रमुख बिदुर चुडालका अनुसार भदौ २२ गतेयता कोरलानाकाबाट दैनिक औसत रु ३० करोड हाराहारीमा राजस्व सङ्कलन हुने गरेको छ। गत शुक्रबार मात्रै यस कार्यालयले एकैदिन रु २७ करोड ११ लाख राजस्व सङ्कलन गर्नुका साथै ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)