खेतबारीमा प्राङ्गारिक तìवको कमी
gorkhapatraonline.com · Sun Jun 21 01:10:12 GMT 2026

जिल्लाको भैरवी गाउँपालिकाले कृषियोग्य जमिनको माटोको अवस्था पहिचान गरी उत्पादन वृद्धि तथा माटोको अवस्थाबारे जानकारी लिने उद्देश्यले निःशुल्क माटो परीक्षण गरेको छ । गाउँपालिकाले वडा नं. १ देखि ७ सम्मका कृषकका खेतबारीमै पुगेर डिजिटल प्रविधिमार्फत माटो परीक्षण गरेको हो ।
शिविरमा २१९ कृषकका माटोको ३९१ वटा नमुना परीक्षण गरिएको गाउँपालिकाका कृषि विकास अधिकृत प्रितम थापाले जानकारी दिनुभयो । प्राविधिक टोलीले खेतबारीमै पुगेर माटोको पिएच, नाइट्रोजन, फस्फोरस र पोटासको अवस्था परीक्षण गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)