आजदेखि सुरु भयाे हरितालिका तीज
nagariknews.nagariknetwork.com · Sun Sep 13 00:14:00 GMT 2026

हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन्। दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ।
विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ। माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ। गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभव धर्मशास्त्रविद् प्रा तोयराज नेपालको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)